
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
अहिले कोशी, बागमती र मधेश प्रदेश सहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका केही भूभागमा हुस्सु/कुहिरो हुस्सु लागेको अवस्था छ ।
आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहने सम्भावना छ । यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रहने सम्भावना छ ।