जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • १ घन्टा अगाडि
  • होमपेज
  • खुला सीमानाले नेपालमा भारतबाट सबैभन्दा धेरै ड्रग्स आउँछः खेलकुदमन्त्री चौधरी

खुला सीमानाले नेपालमा भारतबाट सबैभन्दा धेरै ड्रग्स आउँछः खेलकुदमन्त्री चौधरी

काठमाडौं। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालमा भारतबाट सबैभन्दा धेरै ड्रग्स आउने गरेको बताएका छन् ।

आईतवार काठमाडौंमा एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल र भारतबीचको खुला सीमानाले पनि ड्रग्स सप्लाइ हुन सहज हुने गरेको बताए । उनले नेपालमा विद्यालयस्तरबाटै चुरोट सेवन गर्ने र युवाअवस्थामा ड्रग्स सेवन गर्ने क्रम बढ्दो रहेकाले नियन्त्रणको आवश्यकता रहेको बताए ।

उनले सरकारले नियन्त्रणका लागि विभिन्न ऐन, कानून निर्माण गरेको भएपनि चाहेको जति नियन्त्रण हुन नसकेको बताए । उनले नेपालमा ड्रग्स उत्पादन गर्ने कुनै कम्पनी नभएपनि भारतबाट खुला सीमानाका कारण बढी ल्याइने गरेको बताए । दुई देशको बीचमा ड्रग्स नियन्त्रणमा कसरी काम गर्ने भन्नेबारेमा छलफल गर्न आफूहरु तयार रहेको बताए ।

उनले भने, ‘नेपालमा ड्रग्सको विषयमा भन्नुपर्दा विद्यालयस्तरबाटै चुरोड बिँडीको लत विद्यार्थीले शुरु गर्दछन् । विद्यालयस्तरबाटै यहाँका विद्यार्थी विभिन्न कारणले चुरोट, बिँडी, कक्षा नौ वा १० कक्षाबाट नै खान शुरु गर्दछन् । अलि ठूलो भएपछि ड्रग्स खान शुरु गर्दछन् । भारतबाट वा अन्य तेस्रो मुलुकबाट ल्याएर खाने गर्दछन् । जसकारणले युवाहरु अपाङ्ग भएका छन् । नेपाल सरकारले यसको नियन्त्रणमा विभिन्न ऐन, कानून बनाएको पनि छ । तर जति ड्रग्सको विषयमा विश्व चिन्तित छ, नेपालमा ड्रग्स उत्पादन गर्ने कुनै कम्पनी त छैन । तर ड्रग्स सप्लायर्स भारतबाट नै धेरै हुने गर्दछ । खुला सीमाका कारण वा अन्य कुनै कारण । खुला बोर्डर छ, गोजीमा राखेर पनि ल्याउँछ, यसको कुनै शंका उपशंका छैन । त्यसलै दुई देशको बीचमा ड्रग्स नियन्त्रणमा कसरी काम गर्ने भन्नेबारेमा छलफल गर्न नेपाल सरकार तयार छ ।’

मन्त्री चौधरीले नेपालमा ड्रग्सको समस्या धेरै नै नरहेकाले समस्या समाधानका लागि भारत सरकारसँग सहयोगको आग्रह गरे ।

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका