
काठमाडौंमा जारी त्रिकोणात्मक टी २० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ ।
बिहीबार भएको खेलमा हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो । टस जितेर बलिङ रोजेको नेपालले हङकङलाई ९४ रनमा सीमित गर्दै १३ दशमलव ५ ओभरमा लक्ष्य पूरा गर्यो । नेपालका आसिफ शेखले सर्वाधिक ४२ रन बनाए ।