जोडिनुहोस
  • होमपेज
  • मेडिकल राहतसहित नेपाली सेनाको टोली म्यानमार प्रस्थान

मेडिकल राहतसहित नेपाली सेनाको टोली म्यानमार प्रस्थान

म्यानमारमा हालै गएको विनाशकारी भूकम्पका कारण भएको व्यापक धनजनको क्षतिपश्चात् नेपाल सरकारको निर्णयबमोजिम मेडिकल राहत लिएर नेपाली सेनाको टोली आज म्यानमार प्रस्थान गरेको छ ।

प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना चालकदलका सदस्य  सहित कुल २२ सदस्यीय टोली नेपाली सेनाको सिएन २३५सिएएसए विमान लिएर म्यानमार प्ररस्थान गरेको हो ।

विभिन्न प्रकृतिका आवश्यक औषधि एवं उपमरण सहित गएको उक्त टोलीमा सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरु संलग्न  छन् । उक्त टोलीले करिब एक साता म्यानमार भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिई सेवा गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका