
काठमाडौं।राहदानी विभागले आज अर्थात् घोडेजात्राको बिदाका दिन पनि आफ्नो सेवा दिने भएको छ । सरकारले घोडेजात्राका अवसरमा आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिए पनि राहदानी विभागले भने आफ्नो सेवा नरोकिने जनाएको छ ।
विभागका सूचना अधिकारी खिमानन्द भुसालले आज बिहान १० देखि दिउँसो साढे २ः३० बजेसम्म विभाग खुल्ने र सेवा प्रदान गरिने बताए । आज मङ्गलबारका लागि आठ सय जनाले राहदानीका लागि फर्म भरेकोले २ः३० बजेसम्म सेवा दिने भुसालले जानकारी दिए ।