जोडिनुहोस
  • होमपेज
  • वर्षा र हिमपातको सम्भावना : स्थानीय वायु र पश्चिमीको प्रभाव

वर्षा र हिमपातको सम्भावना : स्थानीय वायु र पश्चिमीको प्रभाव

काठमाडौं । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका