जोडिनुहोस
  • होमपेज
  • देउवालाई राष्ट्रपति हुने इच्छा छैन : महत

देउवालाई राष्ट्रपति हुने इच्छा छैन : महत

बाँके, नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवालाई राष्ट्रपति हुने इच्छा नभएको बताएका छन्।

प्रेस युनियन, बाँकेले बिहीबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रवक्ता महतले पार्टी सभापति देउवाले राष्ट्रपति हुने इच्छा प्रकट नगरेको बताए । उनले कांग्रेसबाट राष्ट्रपति हुन वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरू रहेको बताए ।

कांग्रेस प्रवक्ता डा. महतले कानुनी शासन र संविधानको रक्षामा उभिएको तथा अहिलेको ठूलो पार्टी भएकाले नेपाली कांग्रेसलाई राष्ट्रपति दिनुपर्नेमा जिकिर गरे । उनले दलबाहिरबाट राष्ट्रपति बनाउने सम्भावना नरहेको प्रस्ट पारे ।

डा. महतले राष्ट्रपति दलभित्रबाट नै हुने र राष्ट्रपति भइसकेपछि दलभन्दा माथि उठेर संविधानको पक्षमा काम गर्ने व्यक्तिलाई छानिनुपर्ने बताउ।

उनले राष्ट्रपति समझदारीमा चयन गर्नुपर्ने बताए । एक प्रश्नमा डा। महतले बाबुराम भट्टराईलाई राष्ट्रपति बनाउने कुरा अफवाह मात्रै भएको बताए ।
नेपाल समाचारपत्र दैनिकबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका