![पोखरीमा डुबेर बालिकाको मृत्यु](https://sagarmatha.tv/wp-content/uploads/2023/01/death-nahar-dubera.jpg)
महोत्तरी, लोहारपट्टी नगरपालिका –५ डठोरा बस्ने अरुण दासका छोरी ४ वर्षीया अंशुकुमारी दासको पोखरीमा डुबेर आइतबार मृत्यु भएको छ ।
आफ्नै घर पछाडी रहेको पोखरीमा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको महोत्तरी प्रहरीले जनाएको छ ।