जोडिनुहोस
  • होमपेज
  • भारतको मणिपुरले मार्चमा पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्दै

भारतको मणिपुरले मार्चमा पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्दै

इम्फाल– भारतको मणिपुरले मार्चमा पहिलो अन्तरराष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । उत्कृष्ट फुटबल खेलाडी उत्पादनका लागि चिनिएको मणिपुरले अर्को महिना खुमान लम्पक रंगशालामा भारतीय टोलीसहित म्यानमार र किर्गिस्तानको सहभागिता रहेको त्रिदेशीय मैत्रीपूर्ण प्रतियोगितामा आयोजना गर्न लागेको हो । रिपोर्टका अनुसार खेलहरू मार्च २२, २४ र २६ मा खेलाइनेछन् ।

मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंहले इतिहासमा पहिलो पटक मणिपुरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरू आयोजना गर्न पाउनु एउटा ठूलो कुरा भएको बताएका छन् । वीरेनले मणिपुर सरकारले प्रतियोगिताको सफल आयोजनामा कुनै कसुर बाँकी नराख्ने बताए ।

खेलहरु ३५ हजार क्षमताको खुमान लम्पक रंगशालामा आयोजना हुनेछन् । यहाँ आइ—लिगका खेलहरू आयोजना हुँदै आएको छ। यो त्रिदेशीय मैत्री प्रतियोगिता भारतले अर्को वर्ष हुने एसिया कपको तयारीका लागि फिफा अन्तर्राष्ट्रिय विन्डोमा खेल्ने खेलहरूको शृङ्खला हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका