![स्वास्थ्य परीक्षण गराएर निवास फर्के राष्ट्रपति पौडेल](https://sagarmatha.tv/wp-content/uploads/2023/03/ramchandra-poudel-1-1-1024x559.jpg)
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य परीक्षण गराएर निवास फर्केका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी उपचारका लागि आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज गएका थिए ।
उपचारका क्रममा चिकित्सकहरूले राष्ट्रपति पौडेलको बायाँ छातीको तल्लो भागको भिडियो एक्सरे गरी परीक्षण गरेको उनको सचिवालयले जनाएको छ ।