जोडिनुहोस
  • होमपेज
  • अनियमित रूपमा काठ बेचेको खुलासा भएपछि अधिकृतलाई स्पष्टीकरण

अनियमित रूपमा काठ बेचेको खुलासा भएपछि अधिकृतलाई स्पष्टीकरण

रौतहट : अनियमित रूपमा काठ बेचेको खुलासा भएपछि डिभिजन वन कार्यालयले रौतहटका वन अधिकृतलाई स्पष्टीकरण सोधेको छ। मेची महाकाली विद्युतीय रेलको ट्रायकमा परेका रूख कटान गर्दा काठ चोरेर बेचेको आरोप लागेका रौतहटका सहायक वन अधिकृत बालकिशोर सिंहलाई डिभिजन वन कार्यालय रौतहटले स्पष्टीकरण सोधेको हो।

वन अधिकृत सिंहले विक्रीका लागि तयार पारिएका केही थान गोलिया काठ सिंहले रातारात पुरानै ठाउँमा लगेर राखिदिएको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

सहायक वन अधिकृत सिंहले ६ टुक्रा पारेर काठ बेच्न लागेको खुलेपछि उनीमाथि अनुसन्धान थालिएको हो। डिभिजन वन प्रमुख सुनिलकुमार कर्णले जंगलमा कटान भएको सालको साढे १० फिट लम्बाइ र ५२ इन्च मोटाइ भएका गोलिया काठ टुक्रा पारेर लुकाएको खुलेपछि स्पष्टीकरण सोधिएको बताए।

गोलिया काठ हराएको घटनालगत्तै मैले सहायक वन अधिकृत सिंहलाई निलम्बन गर्छु भनेपछि काठ फिर्ता ल्याइएको प्रमुख सिंहले भने। सालको गोलिया टुक्रा पारेर लगेको घटनाको छानबिन समिति गठन गरेको छु, अहिले स्पष्टीकरण सोध्ने काम भएको छ। वन कार्यालयका सहायक वन अधिकृत रामप्रसाद साहलाई अनुसन्धानको जिम्मेवारी दिइएको छ।

तस्करसँग साँठगाँठ गरेको आरोप लाग्दै आएका अधिकृत सिंहले वैशाख ४ गते दिउँसो रेल्वेको ५ नम्बर प्याकेजको रूख कटान भएको क्षेत्र पुगेर कामदारलाई सालको गोलिया टुक्रा पार्न आदेश दिएको आरोप छ।

सहायक वन अधिकृत सिंहले गोलिया लुकाएको थाहा पाउनासाथ प्रमुख कर्णले गोलिया गायब गरेको पुष्टि भएमा निलम्बन गर्ने सिंहलाई चेतावनी दिएपछि उक्त काठ जहाँबाट उठाएको हो त्यहीँ ल्याएर राखेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका