जोडिनुहोस
  • होमपेज
  • पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य हुदैन : डा . कोइराला

पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य हुदैन : डा . कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य नहुने बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत कोइरालाले मुलुकको ढुकुटीमा पैसा नभएर सरकारी कर्मचारीलाई तलब र पूर्व शिक्षकहरूको पेन्सन दिन समेत नसकेको अवस्थामा सरकारले पूर्व लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य नहुने बताएका हुन्। 

उनले विगतमा क्यान्टोनमेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाबकिताब नबुझाएको र द्वन्द्वकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्ब्याएको आरोप पनि लगाएका छन्।

कोइरालाले माओवादी नेतृत्वको सरकारको यस्ता कामको विरोध गर्दै सचेत रहनुपर्ने बताएका छन्। उनले  पूर्व लडाकुलाई पैसाभन्दा रोजगारी दिन सुझाव दिएका छन्। 

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका