![यू १७ महिला एसियन कप छनोटमा नेपालले आज जोर्डनसँग खेल्दै](https://sagarmatha.tv/wp-content/uploads/2023/04/u-17-nepal1682612566-1024x683.jpg)
काठमाडौं । एएफसी यू-१७ महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज शुक्रबार जोर्डनको सामना गर्दैछ । नेपालले प्रिन्स मोहमद स्टेडियममा आयोजक जोर्डनको सामना गर्नेछ । नेपाल र जोर्डनबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।
नेपाल आज जोर्डनलाई हराएर पहिलो जित निकाल्न चाहन्छ । छनोटको दोस्रो चरणमा पुग्न नेपाललाई जितको विकल्प छैन । जोर्डन पनि नेपाललाई हराएर सुखद सुरुआत गर्न चाहन्छ ।
समूह ‘एच’ मा रहेको नेपालले पहिलो खेलमा हार व्यहोरेको थियो । बुधबार भएको खेलमा नेपाल इरानसँग १-० गोल अन्तरले पराजित भएको थियो ।
यस समूहमा नेपाल, जोर्डन र इरान रहेको छ । समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् ।