जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • इस्लामावाद प्रहरीले पाकिस्तानमा अवैध रूपमा बसिरहेका ६० भन्दा बढी विदेशीलाई पक्राउ

इस्लामावाद प्रहरीले पाकिस्तानमा अवैध रूपमा बसिरहेका ६० भन्दा बढी विदेशीलाई पक्राउ

इस्लामावाद— इस्लामावाद प्रहरीले पाकिस्तानमा अवैध रूपमा बसिरहेका ६१ विदेशीलाई पक्राउ गरेको डन पत्रिकाले उल्लेख गरेको छ।

पाकिस्तानस्थित डन पत्रिकाका अनुसार सब्जी मण्डी प्रहरी चौकी नजिकै गरेको एउटा अपरेसनमा ३९ विदेशीलाई पक्राउ गरिएको थियो।

यी व्यक्तिहरूलाई पाकिस्तानमा बस्न अनुमति दिने राहदानी र भिसा लगायतका कानुनी कागजातहरू बिना फेला पारिएको थियो। यसैबीच, भरा काहु प्रहरीले अठलचोक र कियानी रोडमा दुईवटा कम्बिङ अपरेसन गरेको र अन्य १५ विदेशीलाई नियन्त्रणमा लिएको डनले जनाएको छ।

यसैगरी, फुलग्रान प्रहरीले सेरीचोकबाट अन्य सात विदेशीलाई पक्राउ गरेको छ । इस्लामावादमा अवैध रूपमा बसेका विदेशीहरू विरुद्ध ६५ वटा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले यस्ता ४५१ विदेशीहरु विरुद्ध अदालतमा मुद्दा चलिरहेको डन पत्रिकाले उल्लेख गरेको छ।

प्रहरीले अहिले रावलपिण्डी जिल्लामा यी व्यक्तिको तथ्यांक संकलन गर्न थालेको छ । पाकिस्तानमा गैरकानुनी रूपमा बसिरहेका ११ लाखभन्दा बढी विदेशीहरूलाई स्वदेश फर्काउने कार्यवाहक सरकारको योजनापछि यो आएको हो।

स्टेसन हाउस अफिसरलाई आ—आफ्नो क्षेत्रमा विवरण सङ्कलन गरी पाँच दिनभित्र महानगरीय प्रहरी अधिकृतलाई प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

डनका अनुसार कुनै पनि विदेशी नागरिकलाई दुव्र्यवहार नगर्न प्रहरीलाई भनिएको छ।

यसबाहेक रावलपिंडीका पिरवधाइ, सादिकाबाद र नसीराबादलगायतका विभिन्न भागमा धेरै विदेशी नागरिक अवैध रूपमा बस्दै आएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्