जोडिनुहोस
  • होमपेज
  • क्यानडामा अर्को हिन्दू मन्दिर तोडफोड

क्यानडामा अर्को हिन्दू मन्दिर तोडफोड

ओटावा— क्यानाडामा एउटा हिन्दू मन्दिरमा तोडफोड भएको छ । तोडफोड भएको मन्दिरमा खलिस्तानी जनमत संग्रहको पोस्टरहरू भेटिएको अस्ट्रेलिया टुडेले उल्लेख गरेको छ। उक्त घटना क्यानडाको ब्रिटिश कोलम्बिया प्रान्तको हो।

अस्ट्रेलिया टुडेले सार्वजनिक गरेको पोस्टरमा ‘क्यानाडाले जुन १८ को हत्यामा भारतको भूमिकाको अनुसन्धान गर्छ’ लेखिएको छ। घटनाको भिडियो सामाजिक सञ्जालमा पनि भाइरल भएको छ ।

अस्ट्रेलिया टुडेले सार्वजनिक गरेको भिडियोमा दुई मुखौटा लगाएका व्यक्तिहरू पोस्टर टाँस्दै घटनास्थलबाट भाग्नुअघि फोटो खिचिरहेको देखाइएको छ। मन्दिरको गेटमा रहेको पोस्टरमा खलिस्तान टाइगर फोर्सका प्रमुख र नामित आतंकवादी हरदीप सिंह निज्जरको तस्बिर पनि थियो, जसलाई यस वर्ष जुनमा मारिएको थियो।

यसैबीच, क्यानडामा हिन्दू मन्दिरमा भएको यो पहिलो आक्रमण भने होइन। खालिस्तानी चरमपन्थीहरूले यस्ता धेरै घटनाहरू गराइसकेका छन्।

यो वर्ष पनि कैयौं घटना रेकर्ड भएका छन् । यस वर्षको अप्रिलमा, क्यानडाको ओन्टारियोको विन्डसरमा स्वामीनारायण मन्दिरमा भारत विरोधी भित्तेचित्रका साथ तोडफोड गरिएको थियो। यसअघि फेब्रुअरीमा क्यानडाको मिसिसाउगास्थित राम मन्दिरमा भारत विरोधी भित्तेचित्रका साथ तोडफोड भएको थियो।

टोरन्टोमा रहेको भारतीय महावाणिज्य दूतावासले मन्दिरको अपहेलनाको निन्दा गर्दै घटनाको छानबिन गर्न र दोषीहरूलाई तुरुन्त कारबाही गर्न क्यानाडाली अधिकारीहरूलाई अनुरोध गरेको छ।

जनवरीमा, ब्राम्पटनको एउटा हिन्दू मन्दिरमा भारत विरोधी भित्तेचित्रले भारतीय समुदायमा आक्रोश पैदा गरेको थियो।

टोरन्टोस्थित भारतीय महावाणिज्य दूतावासले गौरी शंकर मन्दिरमा भएको तोडफोडको निन्दा गर्दै यस कार्यले क्यानडामा रहेका भारतीय समुदायको भावनामा गहिरो चोट पुगेको बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका