जोडिनुहोस
  • होमपेज
  • भुटानमा ९० मेगावाटको जोमोरी जलविद्युत आयोजनाको निर्माण सुरु

भुटानमा ९० मेगावाटको जोमोरी जलविद्युत आयोजनाको निर्माण सुरु

थिम्पु— भुटानको समद्रुप जोङ्खारमा ९० मेगावाटको जोमोरी जलविद्युत आयोजनाको निर्माण सुरु भएको छ ।

आयोजनाका विभिन्न कम्पोनेन्टसम्म पुग्ने सडक निर्माणको शिलान्यास पनि गरिएको छ । आयोजना निर्माणले यहाँका बासिन्दाको जीविकोपार्जनमा बृद्धि हुनुका साथै रोजगारीको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

२० किलोमिटरको सडकले जोमोरी जलविद्युत आयोजनाको सुरुङ, बाँध र पावरहाउसलाई जोड्नेछ।

पहुँच सडक निर्माणको काम दुई ठेकेदारले गर्नेछन् । यो आठ देखि १२ महिनामा सम्पन्न हुने अपेक्षा गरिएको छ।

शिलान्यासमा ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्रालयका सचिवले जलविद्युत् आयोजनाको सम्पूर्ण निर्माण कार्य भुटानीले गर्ने बताए ।

‘परियोजना डिजाइन, इन्जिनियरिङ, आयोजना व्यवस्थापन, निर्माण र कमिसनिङको काम भुटानीले गर्नेछन् ।

साढे चार वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसको लागत लगभग ८ दशमलव ८ बिलियन भुटानी रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

आयोजना सम्पन्न भएपछि जोमोत्साङ्खा डुङ्खागमा रहेको लौरी, सेर्थिग र लाङ्चेन्फु गाउँका जनतालाई भरपर्दो विद्युत् आपूर्ति हुने अपेक्षा गरिएको छ । तीन गाउँका बासिन्दाहरू अहिले महिनौंसम्म, विशेष गरी मनसुनमा अनियमित विद्युत आपूर्तिको सामना गरिरहेका छन्।

ड्रुक हाइड्रो इनर्जी लिमिटेडले जारी गरेको विज्ञप्ति अनुसार १५० मेगावाटसम्म क्षमताका साना तथा मझौला जलविद्युत आयोजनाको विकासले आन्तरिक ऊर्जा सुरक्षा अभिवृद्धि गर्ने, तल्लो तहको आर्थिक गतिविधिलाई उत्प्रेरित गर्ने र रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Валютный рынок Википедия