जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • १ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • १ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • २ घन्टा अगाडि
  • होमपेज
  • कैलालीको धनगढीमा एक ट्राफिक प्रहरीको दुर्घटनामा परी मृत्यु

कैलालीको धनगढीमा एक ट्राफिक प्रहरीको दुर्घटनामा परी मृत्यु

धनगढी : कैलालीको धनगढीमा एक ट्राफिक प्रहरीको दुर्घटनामा परेर ज्यान गएको छ। बिहीबार साँझ जिल्लाको धनगढी उपमहानगरपालिकाको बोराडाँडीमा दुर्घटनामा घाइते भएका प्रहरी सहायक हवल्दार जनकराज धामीको मृत्यु भएको हो।

उनी बिहीबार साँझ राजपुरको ट्राफिक बिट जाँदै थिए। त्यही क्रममा उनी सवार मोटरसाइकल बोराडाँडीमा गाईसँग ठोकिएको थियो।

उनको शनिबार राति धनगढीको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरीले बताएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्