जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • बैंकहरूले ब्याज बढाएपछि सरकारले ट्रेजरी बिल्स बेचेन

बैंकहरूले ब्याज बढाएपछि सरकारले ट्रेजरी बिल्स बेचेन

काठमाडौ, बैंक तथा वित्तीय संस्थाहरूले बढी ब्याजदर मागेपछि सरकारले ट्रेजरी बिल्स विक्री गर्न अस्वीकार गरेको छ । नेपाल राष्ट्र बैंकले सोमवार ३६४ दिन अवधिको लागि ७ अर्ब रुपैयाँको नयाँ ट्रेजरी बिल्सका लागि बोलकबोल आह्वान गरेको थियो । तर, बैंकहरूले यसअघि कायम भएको भन्दा अधिक ब्याजदर बोलकबोल गरेपछि विक्री गर्न सरकारले अस्वीकार गरेको हो ।

यसअघि गत पुस १९ गते जारी भएको ३६४ दिने ट्रेजरी बिल्समा ११ दशमलव ९३ प्रतिशत ब्याजदर कायम भएको थियो । सोमवार जारी गर्न लागेको ट्रेजरीमा त्यसभन्दा बढी ब्याजदरको बोलकबोल भएपछि विक्री नगरेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए । ‘सरकारले कम ब्याजदरमा ऋण उठाउन चाहेको थियो,’ उनले भने, ‘बैंकहरूले पहिलेभन्दा दर बढाएपछि सरकारले विक्री नगरेको हो ।’

तर, सोमवार नै नवीकरणका लागि बोलकबोल गरिएको ९१ दिन अवधिको ट्रेजरी बिल्समा भने ब्याजदर घटेको छ । यही अवधिको अघिल्लो ट्रेजरी बिल्समा औसत १० दशमलव ५८ प्रतिशत ब्याजदर कायम भएकोमा सोमवार घटेर ९ दशमलव ८१ प्रतिशतमा झरेको छ । यो हालसम्मकै न्यून ब्याजदर हो ।
आर्थिक अभियान दैनिकबाट

तपाइको प्रतिक्रिया दिनुहोस्