२३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको दोस्रो क्वार्टरफाइनलमा आज मनाङ मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लब भिड्दै छन् । खेल दिउँसो साढे २ बजे पोखरा रंगशालामा शुरु हुनेछ । जावलाखेल युथ क्लब प्रिक्वार्टरमा मच्छिन्द्रलाई १–० ले पराजित गरेको थियो । मनाङ सिधै बाइ पाएर अन्तिम ८ मा पुगेको हो । माघ २० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १२ लाख १ हजार रुपैयाँ र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पाउनेछन् । प्रकाशित मिति १५ माघ २०८०, सोम
बार १ ३३ बजे