![प्रधानमन्त्रीलाई प्रश्न – तपाईंले धोका दिएका दल एक ठाउँमा उभिए कहाँ पुग्नुहुन्छ ?](https://sagarmatha.tv/wp-content/uploads/2024/03/ramesh-lekekh-1024x702.webp)
काठमाडौं – नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहालले धोका दिन कसैलाई बाँकी नराखेको बताएका छन् ।
आज प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले नेपालका राजनीतिक दल सबैले दाहालबाट धोका पाएको बताएका हुन् ।
उनले भने, ‘प्रधानमन्त्री ज्यूले धोका नदिएको सायदै कुनै दल होला । तपाईंले धोका दिएका सबै दल एक ठाउँमा उभिए तपाईं कहाँ पुग्नुहुन्छ रु’