जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ४ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ४ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • काठमाडौं उपत्यकालाई सांस्कृतिक शहर घोषणा गरौँ : सन्तोष परियार

काठमाडौं उपत्यकालाई सांस्कृतिक शहर घोषणा गरौँ : सन्तोष परियार

काठमाडौं : सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले काठमाडौं उपत्यकालाई सांस्कृतिक शहरको रुपमा घोषणा गर्नुपर्ने बताएका छन्।

बुधवार सरकारले प्रतिनिधि सभामा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा उनले काठमाडौं उपत्यकालाई सांस्कृतिक शहरको रुपमा विकास गर्न आवश्यक रहेको बताएका हुन्।

मुलुक आधुनिक विकासको ढाँचामा जाने हो भने शैक्षिक शहर, सांस्कृतिक शहर, आर्थिक शहरको रुपमा पनि घोषणा गरी सरकारले काम गर्नुपर्ने प्रमुख सचेतक परियारको भनाइ थियो। उनले लामो संघर्षबाट प्राप्त राजनीतिक व्यवस्थामा सरकारले अर्थमा जोड दिएर काम गर्नुपर्ने बताए।

उनले भने, ‘संघीयता कार्यान्वयनका विषयमा पनि धेरै काम गर्न बाँकी छ। नागरिक अधिकार, मानव अधिकार र सास्कृतिक अधिकारहरु बचाउन र त्यो अधिकारलाई सुनिश्चित गर्न पनि हामीले धेरै कुरा गर्न बाँकी छ। बजेटमा संस्कृतिलाई सम्वद्र्धन गर्ने कुरा गरिएको छ। मलाई लाग्छ–सकिन्छ भने काठमाडौ, ललितपुर र भक्तपुरको यो उपत्यकाको तीन वटै सहरलाई अथवा काठमाडौं उपत्यकालाई सांस्कृतिक शहरको रुपमा घोषणा गरौं। र सांस्कृतिक सहरको रुपमा यसलाई विकास गरौँ।’

प्रमुख सचेतक परियारले सरकारले संघीयता कार्यान्वयनका क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको पनि बताए।