जोडिनुहोस
  • होमपेज
  • जमिन बाँझो राखी श्रम गर्न विदेश जाने प्रवृत्ति अन्त्य गर्नुपर्छ : राष्ट्रपति

जमिन बाँझो राखी श्रम गर्न विदेश जाने प्रवृत्ति अन्त्य गर्नुपर्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कृषि पेशामा आकर्षण बढाएर युवा जनशक्ति स्वदेशमै रोक्नुपर्ने बताएका छन् । २१ औं राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना सन्देश जारी गरी उनले जमिन बाँझो राख्ने प्रवृत्ति अन्त्य गरी श्रम गर्ने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

कृषि क्षेत्रमा जनशक्तिको अभाव बढ्दै जानु दुःखद रहेको भन्दै उनले धान उत्पादनमा आत्मनिर्भर हुनेतर्फ राज्यको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । खेतीयोग्य जमिनमा सिँचाइ सुविधासहित आधुनिक उपकरण, मल, उन्नत बीउ र दक्ष जनशक्ति तयार गर्न तथा उत्पादन वृद्धि गरी धान चामलको आयात प्रतिस्थापन, खाद्य सुरक्षाको सुनिश्चितता गर्न हुने गरी ध्यान दिनुपर्ने बताएका छन् ।

‘कृषिप्रधान मुलुक भएकाले अधिकांश जनता कृषिमै निर्भर रहेको र प्रमुख खाद्यान्न बाली धान रहेकाले धान खेती आर्थिक, सामाजिक, सांस्कृतिक एवं धार्मिक रूपले समेत महत्वपूर्ण छ’, उनले भनेका छन् । राष्ट्रपति पौडेलले खानामा भातको मात्र भर पर्ने बानीलाई वैकल्पिक रूपमा लिई खाने बानीमा समेत परिवर्तन गरी अन्य बालीलाई समेत प्रवर्धन गर्नुपर्ने तर्क गरेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका