जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • अवरुद्ध कान्तिलोकपथ मार्ग सुचारु

अवरुद्ध कान्तिलोकपथ मार्ग सुचारु

काठमाडौं । अवरुद्ध रहेको कान्तिलोकपथ मार्ग सुचारु भएको छ । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी र पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध भएको थियो ।

“बाढी तथा पहिरोले मकवानपुरको भीमफेदी, ८ महादेवटार र ललितपुरको वाग्मती गाउँपालिका २ वगुवास्थित वाग्मती खोलामा रहेको पुलको केही भाग बगाएपछि अवरुद्ध भएको कान्तिलोकपथमा मार्ग असोज २१ गते राति साढे १० बजेबाट सवारी आवागमन सुचारु भएको छ,” नेपाली सेनाले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

लोकपथ मार्गमा सवारी आवागमन सुचारु गर्न नेपाली सेनाले अन्य निकायको सहयोगमा काम गरेको थियो । मार्ग सुचारु गर्न २ स्थानमा करिब ८०० मिटरको बाँध निर्माण गरी वाग्मती नदी डाइभर्सन गरिएको सेनाले जनाएको छ । ३२० मिटर लम्बाइको नयाँ ट्रयाक समेत निर्माण गरिएको छ ।

वाग्मती नदीमा ४० मिटर लम्बाइको ‘र्‍याम्प’ निर्माण गरी पुलसम्म सडक जोडिएको सेनाले जनाएको छ । सेनाका अनुसार वाग्मती नदीमा ह्युम पाइप राखेर अस्थायी सडक बनाइएको छ ।