जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • कैलालीको घोडाघोडी तालमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो

कैलालीको घोडाघोडी तालमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो

कैलाली। विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी तालमा पर्यटकको चहलपहल बढेको छ । घोडाघोडी सामुदायिक वनका अध्यक्ष दीपकबहादुर शाहले दशैँदेखि पर्यटकको चहलपहल धेरै बढेको बताए ।

घोडाघोडी ताल क्षेत्रमा पर्यटकलाई प्रवेश गर्नका लागि १० रुपैयाँ तिर्नुपर्छ । टिकट काट्नका लागि पनि दशैँको दिन हम्मेहम्मे परेको भन्दै उनले पछिल्लो समय आन्तरिक पर्यटक सङ्ख्या दैनिक वृद्धि भइरहेको बताए ।

आन्तरिक पर्यटकको चहलपहल बढेसँगै घोडाघोडीका होटेल व्यवसाय पनि फस्टाएका छन् । घुम्न आउने पर्यटकले खाजाखादा व्यापार व्यवसायमा वृद्धि भएको होटेल व्यवसायी राजु अवस्थीले बताए । घोडाघोडी तालसँगै जोडिएको ओजुवा तालले पनि पर्यटकलाई आकर्षित गरेको छ ।

दशैँमा लामो समयसम्म बिदा पनि हुने र अहिलेको मौसम पनि घुम्नका लागि उपयुक्त रहेकाले यो समयमा पर्यटक घोडाघोडीमा घुम्न आउने गरेको पर्यटन व्यवसायी डबल शाहले बताए ।

यो ताल सन् २००३ मा विश्वरामसार सूचीमा सूचीकृत भएको थियो । जङ्गलबीच तालैतालको लस्करसहित जैविक विविधताले भरिएको यस क्षेत्र तराई र चुरे जोड्ने जैविकमार्गका रूपमा रहेको चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका