जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ४ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ४ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • नेप्से परिसूचक २५०० नजिक, कारोबार ६ अर्ब माथि

नेप्से परिसूचक २५०० नजिक, कारोबार ६ अर्ब माथि

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५०० नजिक पुगेको छ । आज नेप्से २२.७३ अंकले घटेसँगै नेप्से परिसूचक २५०० नजिक पुगेको हो ।आज नेप्से ०.८६ प्रतिशतले घटेर २६१०.२१ विन्दुमा आएको छ । नेप्से घटेसँगै कारोबार पनि घटेको छ । आज ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार १ करोड ५४ लाख २८ हजार ७२४ कित्ता शेयर कारोबार हुँदा ६६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज ३१७ वटा कम्पनीको शेयर ८७ हजार ३६ पटक किनबेच भएको छ । बुधबार १३ वटा समूहमध्ये ३ वटा समूह बढेको छ भने बाँकी १० वटा समूह घटेको छ । आज सबैभन्दा बढी फाइनान्स समूह ०.४३ प्रतिशतले बढेर ३ हजार ३०४.८६ विन्दुमा पुगेको छ । आज सबैभन्दा बढी जीवन बीमा समूह १.८७ प्रतिशतले घटेर १२ हजार ७२५.३८ विन्दुमा आएको छ ।

त्यस्तै, निर्जीवन बीमा समूह ०.०२ प्रतिशतले र ट्रेडिङ समूह ०.१६ प्रतिशतले बढेको छ । साथै, वाणिज्य बैक समूह ०.९३ प्रतिशतले, विकास बैंक, १.०२ प्रतिशतले, होटल एण्ड टुरिजम ०.६० प्रतिशतले, हाइड्रो ०.९२ प्रतिशतले, लगानी १.१९ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.०१ प्रतिशतले, लघुवित्त ०.५४ प्रतिशतले, म्युचुआल फण्ड ०.४३ प्रतिशतले र अन्य समूह ०.६१ प्रतिशतले घटेको छ ।