जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • १ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • १ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • २ घन्टा अगाडि
  • होमपेज
  • दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गयो

दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गयो

दाङ। दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ । ट्रकको ठक्करबाट मोटरसाइकल चालक राप्ती गाउँपालिका वडा नम्बर तीन बसन्तपुर बस्ने १८ वर्षीय सोनु गुरूङको ज्यान गएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका वडा नम्बर दुई लालमटिया कटेशनाला नजिक बा ४ ख २२६१ नम्बरको ट्रकले रा८प ४१४६ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिएको थियो । ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।