जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • २ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • नाइजेरियामा बाल महोत्सवमा भागदौड मच्चिँदा कम्तीमा ३० जनाको ज्यान गयो

नाइजेरियामा बाल महोत्सवमा भागदौड मच्चिँदा कम्तीमा ३० जनाको ज्यान गयो

काठमाडौं। नाइजेरियामा बाल महोत्सवमा भागदौड मच्चिँदा कम्तीमा ३० जनाको ज्यान गएको छ । भागदौड मच्चिँदा अन्य एक सय जनाभन्दा धेरै घाइते भएका छन् ।

ओयो राज्यको राजधानी इबादानमा आयोजित बाल महोत्सवमा भागदौड मच्चिँदा ३० जनाको ज्यान गएको हो, ज्यान गुमाउनेमा धेरैजसो बालबालिका छन् । आयोजकले पाँच हजार जना बालबालिकालाई नगद वितरण गर्ने घोषणा गरेपछि भागदौड मच्चिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

ओयो राज्यका सूचना आयुक्त डोटन ओयलेडेले आयोजकको उचित योजना र समन्वयको अभावले गर्दा दुःखद घटना भएको बताउनुभएको छ । आफ्ना छोराछोरीको अवस्था थाहा पाउनका लागि नजिकैका अस्पतालमा सम्पर्क गर्न सरकारले आग्रह गरेको छ । प्रहरीले घटनाको अनुसन्धान शुरू गरेको छ ।