जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • सत्ताकै आडमा सहकारीको बचत हिनामिना भयो, समितिले न्याय दिँदैन : चित्रबहादुर केसी

सत्ताकै आडमा सहकारीको बचत हिनामिना भयो, समितिले न्याय दिँदैन : चित्रबहादुर केसी

काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सहकारी प्रकरणको छानबिन गर्न बनेको समितिले न्याय दिन नसक्ने बताएका छन्।

सोमबार काठमाडौंको माइतीघर मण्डल पुगेर सहकारी पीडितको आन्दोलनलाई समर्थन जनाउँदै केसीले सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन हुन नसक्ने र पीडितहरूले न्याय नपाउने बताएका हुन् ।

उनले सत्ताकै आडमा सहकारी बचतकर्ताको रकम हिनामिना भएको भन्दै सांसदहरू रहेको छानबिन समितिले सत्ताको प्रभावका कारण निष्पक्ष काम गर्न नसक्ने जिकिर गरे । केसीले राज्यशक्तिको आडमा नेपाली जनताको पसिनामा कसैले पौडी खेल्न नपाउने उल्लेख गरे । सहकारीबाट बचत रकम फिर्ताका लागि निर्णायक आन्दोलन गर्न उनले सुझाव दिए ।

सहकारी बचत अपचलनकर्तालाई कारवाही गर्दै बचतकर्ताको रकम फिर्ता गर्ने सहमति सरकारले गरेपनि कार्यान्वयन नभएको भन्दै पीडितहरूले माइतीघर मण्डलमा निरन्तर प्रदर्शन गरिरहेका छन् ।

सरकारले आफूहरूसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले आन्दोलन गर्नुपरेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले जनाएको छ ।