जोडिनुहोस

हालको खबर

  • होमपेज
  • उद्योगमा लाइन नकाट्ने प्राधिकरण सञ्चालक समितिको निर्णय

Breaking News

उद्योगमा लाइन नकाट्ने प्राधिकरण सञ्चालक समितिको निर्णय

वैकल्पिक बाटोबाट पैसा उठाउने

उद्योगमा लाइन नकाट्ने प्राधिकरण सञ्चालक समितिको निर्णय

काठमाडौं। नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले उद्योगहरूमा बिजुली नकाट्ने निर्णय गरेको छ।

विद्युत नियमन आयोगको चिठ्ठी अनुसार वैकल्पिक बाटो प्रयोग गरेर पैसा उठाउने तत्काल उद्योगमा बिजुली नकाटिने निर्णय भएको सञ्चालक समिति सदस्य कपिल आचार्यले बताए।

आयोगको बेलाबेला हुने यस्तो निर्णयले समस्या दोहोरिरहने र राजस्व गुम्ने खतरा हुने आचार्यले बताए। अर्को वैकल्पिक बाटो के हो कसरी उठाउने भन्ने बारे भने खुलिसकेको छैन। समितिको निर्णय माइन्युट हुन भने बाँकी छ।

मंगलबार विद्युत नियमन आयोगले उद्योगमा तत्काल लाइन नकाट्न निर्देशन दिएपछि बुधबार समितिको बैठक बसेको थियो। बैठक सकिएको छ। यसअघि प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगको लाइन काटिदिएको थियो।

सरकारले प्राधिकरणलाई बिजुली जोड्न निर्देशन दिएपछि प्राधिकरणले बिजुली जोडेर १५ दिनभित्र बक्यौता नतिर्ने उद्योगमा फेरि लाइन काटिने सूचना निकालेको थियो। १५ दिनको अवधि बुधबार सकिँदैछ। तर नियमन आयोगले मंगलबार लाइन नकाट्न निर्देशन दिएसँगै समितिले पनि लाइन नकाट्ने निर्णय गरेको हो।

ताजा समाचार