जोडिनुहोस
  • होमपेज
  • भद्रपुरमा न्यायिक समितिमा परेका उजुरीमध्ये ८५ प्रतिशत मेलमिलापका माध्यमबाट निरुपण

भद्रपुरमा न्यायिक समितिमा परेका उजुरीमध्ये ८५ प्रतिशत मेलमिलापका माध्यमबाट निरुपण

भद्रपुर नगरपालिकामा न्यायिक समितिमा परेका उजुरीमध्ये ८५ प्रतिशत मेलमिलापका माध्यमबाट निरुपण भएका छन् । चालु आर्थिक वर्षको अहिलेसम्ममा समाधान भएका ४७ मध्ये ४० उजुरीको मेलमिलापका माध्यमबाट गरिएको न्यायिक समितिले जनाएको छ ।

नगरपालिकामा जग्गा मिचेको, पति पत्नीबीचको झगडा, ज्याला मजदुरी नदिएकोलगायत विषयमा प्रमुख रुपमा उजुरी आउने गरेका छन् । उजुरी परिसकेपछि दुवै पक्षलाई जितको महसुस हुने गरी एकआपसमा समझदारी कायम गरी खुशी बनाएर पठाउने गरेको समितिका संयोजक एवम् भद्रपुर नगरपालिकाका उपमेयर राधा कार्कीले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics

छुटाउनु भयो कि?