
काठमाडौं। नेकपा (एमाले) निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनले काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) र ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङविरुद्ध देशभरका जिल्ला प्रहरी कार्यालयहरूमा उजुरी (जाहेरी) दिने घोषणा गरेको छ।
जेनजी आन्दोलनको क्रममा भएको सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीको जिम्मेवारी उनीहरूमा रहेको आरोप लगाउँदै अखिलले आजदेखि जिल्ला जिल्लामा जाहेरी दर्ता गर्ने बताएको हो।
अखिलका महासचिव दीपक धामीले भने, “सार्वजनिक सम्पत्ति, अड्डा अदालत र प्रहरी चौकीहरूमा तोडफोड तथा आगजनी भएका छन्। हामी केन्द्रको समन्वयमा आजदेखि देशभरका जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गर्दैछौं।”
यसअघि मंगलबार काठमाडौं जिल्ला प्रहरी परिसरमा अखिलले बालेन र गुरुङविरुद्ध जाहेरी दिन पुगेको थियो। तर, प्रहरीले तत्काल जाहेरी दर्ता नगरी सरकारी वकिलसँग छलफल गरी २४ घण्टाभित्र जवाफ दिने जनाएको थियो।





































