जोडिनुहोस
  • होमपेज
  • पेस्तोल डान्स प्रकरण : नेतृ यादवसँग प्रहरीले लियो बयान, पेस्तोल बरामद

पेस्तोल डान्स प्रकरण : नेतृ यादवसँग प्रहरीले लियो बयान, पेस्तोल बरामद

सर्लाही। प्रहरीले पेस्तोल पड्काएर डान्स गर्ने जनता समाजवादी पार्टीकी नेतृ डा. बबी सिंह यादवसँग बयान लिएको छ ।

पेस्तोल पड्काउँदै डान्स गरेको भिडिओ सार्वजनिक भएपछि प्रहरीले उनीसँग बयान लिएको हो ।

यस्तै उनले पड्काएको पेस्तोल पनि प्रहरीले बरामद गरेको छ । प्रहरीले मलंगवा नगरपालिका-२का अन्जनी कुमारको घरबाट पेस्तोल बरामद गरेको हो ।

पेस्तोल सक्कली हो कि नक्कली अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका