जोडिनुहोस
  • होमपेज
  • राजसंस्था पक्षधरको प्रदर्शनमा झडप, कमल थापा सहित ८ जना पक्राउ

राजसंस्था पक्षधरको प्रदर्शनमा झडप, कमल थापा सहित ८ जना पक्राउ

काठमाडौँ । राजसंस्था पक्षधरको आजको आन्दोलनमा प्रहरीसँग झडप भएको छ ।

काठमाडौँको नक्सालस्थित नारायणचौरमा भएको प्रदर्शनमा तनाव भएको हो । प्रहरीसँगको धकेला धकेलमा केहि राप्रपा कार्यकर्ता घाइते भएका छन् । प्रहरीले राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ८ जनालाई पक्राउ गरेको छ । थापाले प्रहरीको घेरा तोड्न धकेला धकेल गरेपछि पक्राउ परेको बताइएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पक्राउ गरिएका थापालाई आन्दोलनस्थलमै ल्याएर रिहा गर्न चेतावनी दिएका छन् ।

आन्दोलन समितिले प्रदर्शनमा मास्क लगाएर उपस्थित भएका केहि सहभागीले प्रहरीलाई उत्तेजित बनाएको आरोप लगाएका छन् ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका