जोडिनुहोस

हालको खबर

  • होमपेज
  • भारत भ्रमणको पूर्व सन्ध्यामा प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

भारत भ्रमणको पूर्व सन्ध्यामा प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको पूर्व सन्ध्यामा मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

भारत भ्रमणबारे अन्तिम टुंगो लगाउनको लागि बैठक बोलाएको प्रधानमन्त्री प्रचण्डले बताए।

पार्टी कार्यालय पेरिसडाँडामा जारी पार्टीको सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधनको क्रममा उनले भारत भ्रमणको बारेमा छलफल गर्नका लागि अब केही बेरमै बैठक बस्ने उनले बताए।

प्रधानमन्त्री प्रचण्ड भोलि भारत भ्रमण जाँदैछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्