जोडिनुहोस
  • होमपेज
  • प्रचण्डलाई ओलीको जवाफ– अब ०६४ को जमाना छैन,कब्जा, त्रास र आतकंको समय सकियो

प्रचण्डलाई ओलीको जवाफ– अब ०६४ को जमाना छैन,कब्जा, त्रास र आतकंको समय सकियो

काठमाडौं। प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ फर्काएका छन् ।

प्रचण्डले गत शुक्रबार दाङको तुलसीपुरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै ०६४ मा जस्तै भोट दिए देशबाट भ्रष्टाचारका जराकिला उखेलेर फाल्ने बताएका थिए । प्रचण्डको उक्त भनाइको जवाफ ओलीले सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिकामा आयोजित प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै फर्काएका हुन् ।

ओलीले भनेका छन्, ‘अचम्मको कुरा, ६४ को जस्तै भोट दिनुस् के के गर्छु गर्छु भन्नु भएछ एक ठाउँमा एक जनाले, ए जमाना गयो त्यो ।बुथ कब्जा, त्रास र आतकंको समय सकियो। सरकार र प्रशासन निरीह हुने अवस्था अब छैन। सोझा जनतालाई दुर्बिनले हे¥या हुन्छ, कहाँ भोट लगायो थाहा पाउँछौं हामी पछि ठिक लगाउँछौं भनेर ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका