काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बहस र छलफलको निष्कर्षबाट साझा धारणा बनाएर संविधान संशोधनको प्रस्ताव तयार गर्ने बताएका छन् ।
प्रतिनिधिसभाको बैठक सम्बोधन गर्दै उनले संविधान संशोधन विधेयक ल्याउने काममा सरकार भएको बताए ।
‘संविधान संशोधन विधेयक ल्याउने काम सरकारको हो, बहस÷छलफल आधारित निष्कर्षबाट सरकारले साझा धारणा बनाउँछ,’ ओलीले भने, ‘र, त्यसैमा आधारित संशोधन प्रस्ताव तयार गर्छ ।’
उनले मिलेका कुरामा साझा धारणा बनाइने र नमिलेका कुरामा बहस र छलफल गरिने पनि बताए ।