जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • झापामा लागुऔषध नियन्त्रणका लागि चलायो प्रहरीले गोली,तर कारोबारी फरार

झापामा लागुऔषध नियन्त्रणका लागि चलायो प्रहरीले गोली,तर कारोबारी फरार

काठमाडौं । लागुऔषध नियन्त्रण अभियानअन्तर्गत चेकिङको क्रममा झापामा प्रहरी गोली चलाउँदा पनि एक कारोबारी भाग्न सफल भएका छन्। उनी चढेको मोटरसाइकल र साथमा रहेको झोला छाडेर फरार भएको प्रहरीले जनाएको छ।

घटना सोमबार बिहान करिब ८स्४५ बजे कनकाई नगरपालिका–५ स्थित चाप्रामारीको सुरुङ्गा–झापा सडक खण्डमा भएको हो। जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार बीआर ३७ टी ९१९८ नम्बरको मोटरसाइकलमा आएका व्यक्तिलाई रोक्ने प्रयास गर्दा उनले झोला छाडेर भागेका थिए।

उनीलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गरेको थियो। तर, त्यसपछि पनि उनी भाग्न सफल भएको प्रहरीले जनाएको छ।

भाग्दाको क्रममा छाडिएको झोलाबाट प्रहरीले करिब २०० ग्राम ब्राउन सुगर बरामद गरेको छ। फरार व्यक्तिको खोजी जारी रहेको डीएसपी खड्काले जानकारी दिए।