जोडिनुहोस
  • होमपेज
  • धनकुटामा बस दुर्घटना हुँदा एक जनाको ज्यान गयो, १४ जना घाइते

धनकुटामा बस दुर्घटना हुँदा एक जनाको ज्यान गयो, १४ जना घाइते

कोशी लोकमार्गअन्तर्गत धनकुटाको धनकुटा नगरपालिका–६ गोठगाउँमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् ।

धरानबाट भोजपुरतर्फ गुडिरहेको को १ ख २१७७ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा धनकुटा–६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर घाइते भएकी भुजेलको उपचार क्रममा जिल्ला अस्पताल धनकुटामा ज्यान गएको हो ।

दुर्घटनामा घाइते भएकाहरूको केहीको धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र केहीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका