जोडिनुहोस

हालको खबर

Betify Casino – Examen Complet 91

  • २८ मिनेटutes अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • ३८ मिनेटutes अगाडि

Betify Casino – Examen Complet 115

  • ३ घन्टा अगाडि
  • ३ घन्टा अगाडि
  • होमपेज
  • हेटौँडामा सडक विस्तार आजबाट कडा मोडमा : २५ डोजरसहित संरचना हटाउने तयारी पूरा

हेटौँडामा सडक विस्तार आजबाट कडा मोडमा : २५ डोजरसहित संरचना हटाउने तयारी पूरा

काठमाडौं । हेटौँडामा रहेको सडक विस्तार आज (भोलिदेखि) औपचारिक रूपमा सुरु हुने भएको छ। रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५–२५ गजभित्रका घर, टहरा र अन्य संरचना हटाइने तयारी अन्तिम चरणमा पुगेको छ।

सडक डिभिजन कार्यालय हेटौँडाले सार्वजनिक सूचना जारी गर्दै भौतिक संरचना हटाउने प्रक्रिया अब रोकिँदैन भन्दै सबैलाई समयमै संरचना खाली गर्न आग्रह गरेको छ। डिभिजनका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार आवश्यक उपकरण, जनशक्ति र सुरक्षाको तयारी पूरा भइसकेको छ।

अधिकारीले भने, “भोलिदेखि राप्तीपुर र रातोपाटी तर्फ विस्तारको दायरा क्रमशः बढाउँदै लैजाने छौँ। २५ वटा डोजर र २५ वटा मेसिन परिचालनका लागि तयार छन्।”उनका अनुसार सडक विस्तारसँगै निर्माण भइरहेको बाइपास सडक पनि अन्तिम चरणमा पुगेको छ, जसले शहरभित्रको ट्राफिक दबाब कम गर्ने अपेक्षा गरिएको छ।

यता, विस्तारको सूचना सार्वजनिक भएको केही दिनमै बजार क्षेत्रमा तनाव बढेको छ। २५–२५ गज क्षेत्रभित्र पर्ने संरचनाधनीहरूले विरोध जनाइरहेका छन् भने स्थानीय तहमा समेत चाप बढिरहेको छ। सुरक्षा संवेदनशीलता बढेपछि प्रहरीले साइट क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्ने तयारी गरेको छ।

सरकारले हेटौँडा सडक विस्तारलाई दीर्घकालीन यातायात व्यवस्थापनको आधारभूत पूर्वाधारका रूपमा अघि बढाइरहेको छ। डिभिजन कार्यालयले सबै प्रक्रिया कानुनी दायराभित्र रहेर नै सञ्चालन गरिने भन्दै सर्वसाधारणलाई शान्त रहन आग्रह गरेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Betify Casino – Examen Complet 91