जोडिनुहोस
  • होमपेज
  • आज २०८२ साल जेठ २३ गते शुक्रबारको राशिफल

आज २०८२ साल जेठ २३ गते शुक्रबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन सामान्य छ। खर्च बढ्नेछ। विपक्षीले मात्र प्रगति गरेको देख्नु पर्नेछ। घर परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।

वृषः दिन सामान्य राम्रो छ। थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ। व्यापारमा फाइदा हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। काममा जाँगर बढ्नेछ।

मिथुनः धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। आफ्नो कामको मूल्यांकन गर्न नसक्दा मन दुःखी हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारको सम्पत्तिमा गरेको लगानी डुब्ने जोखिम छ।

कर्कटः दिन राम्रो छ। जग्गाको कारोबारबाट फाइदा हुनेछ। परिवारमा नयाँ सदस्यको आगमन हुने योग छ। साथीसँग सहकार्यमा गरेको व्यापारबाट फाइदा हुने दिन छ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ।

सिंहः रोजगारीको अवसर प्राप्त हुनेछ। परिवारको विवाद समाजमा सार्वजनिक हुने जोखिम छ। स्वास्थ्यमा ध्यान दिनुपर्नेछ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ।

कन्याः अरुको विवादले तपाईंलाई फाइदा हुनेछ। काममा परिवारको साथ मिल्नेछ। कामको बोझ घट्दै जाने देखिन्छ। धार्मिक व्यक्तिसँगको भेटले नयाँ योजना बनाउन सहयोग पुग्ने छ।

तुलाः दिन राम्रो छ। सम्पत्ति खर्च भए पनि इज्जत र प्रतिष्ठामा बढुवा हुनेछ। शिक्षामा गरेको मिहिनेतको मूल्यांकन हुनेछ। विपक्षी साथीले प्रशंसा गर्नेछन्। परिवारमा रमाइलो घुमघामको योजना तय हुनेछ।

वृश्चिकः दिन सामान्य छ। खर्च बढ्ने भएकाले खर्च कटौती गर्नु उचित हुनेछ। गहिरो अध्ययनले व्यवहारमा निखारता आउने छ। विपक्षी साथीबाट सहयोगको संकेत मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनुः मनमा चिन्ता बढ्नेछ। उपलब्धि नहुने यात्रा हुनसक्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुने छ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुने योग छ। राजनीतिक क्षेत्रमा फाइदा हुनेछ।

मकरः फलफूल र कृषिको व्यापारमा फाइदा हुनेछ। साथीको साथ मिल्नेछ। महत्त्वपूर्ण कामको सुरुवात गर्ने दिन आएको छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ।

कुम्भः सञ्चित धन खर्च हुनेछ। रोगलाई सानो भनेर हेप्ने बानीले थप जोखिम बढ्नसक्छ। खानपानमा विशेष ख्याल गर्नुपर्ने दिन छ। धार्मिक कार्यमा सहभागी हुनु उचित हुनेछ। सानो रकम भए पनि दान गर्दा फाइदा हुनेछ।

मीनः आज तपाईंलाई कामको बोझ थपिने छ। आम्दानीको बाटो पहिचान गर्न कठिन हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ मिल्नेछ। योजना बनाउँदा परिवारको सल्लाह लिएमा फाइदा हुनेछ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका