जोडिनुहोस

हालको खबर

Online Casino No Deposit Bonus Coupon Codes
  • ३ मिनेटutes अगाडि
10 Melhores Açâo de Casino em Portugal Agosto 2025
  • ३ मिनेटutes अगाडि
ESC Online Casino: 1700+ Jogos 250 em Resto
  • ५ मिनेटutes अगाडि
  • होमपेज
  • ड्युटीमा बेहोस भएर ढलेका प्रहरी सहायक हवलदारको मृत्यु

ड्युटीमा बेहोस भएर ढलेका प्रहरी सहायक हवलदारको मृत्यु

काठमाडौं। डोटीमा ड्युटी गर्दागर्दै बेहास् भएर ढलेका एक जना प्रहरी कर्मचारीको मृत्यु भएको छ।

डडेल्धुराको भागेश्वर गाउँपालिका– ५ घर भएका ३६ वर्षका प्रहरी सहायक हवल्दार बहादुर सिंह पालीको मृत्यु भएको हो। बुधबार बिहान तीन बजेतिर उनी इलाका प्रहरी कार्यालय बिपिनगरमा कार्यालयको ड्युटीमा खटिएका थिए।

उनलाई बिहान तीनदेखि ६ बजेको ड्युटीमा खटाएको थियो। ड्युटीमा रहेका उनी एक्कासि छाती दुख्यो भन्दै बेहोस् भएका थिए। सोही ठाउँमा रहेको बिपिनगर पोलिक्लिनकमा सामान्य चेकजाँच पश्चात थप उपचारका लागि पोलिक्लिनिकले बिहान ४ बजे सेति प्रादेशिक अस्पताल धनगढी रेफर गरेको थियो।

अस्पतालमा उपचारका क्रममा बिहान ६ः३२ बजे सेती प्रादेशिक अस्पतालमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भीमलाल भट्टराईले जानकारी दिए। मृतकका परिवारमा श्रीमती र १५ वर्षकी छोरी छन्। प्रहरीका अनुसार उनी पहिला पनि ड्युटीमा रहेका बेला पटक पटक बेहोस भएर ढलेका थिए।