जोडिनुहोस
  • होमपेज
  • ‘निरोगी नेपाल’ स्वास्थ्य क्षेत्रको महासंकल्प : प्रधानमन्त्री ओली

‘निरोगी नेपाल’ स्वास्थ्य क्षेत्रको महासंकल्प : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले निरोगी नेपाल स्वास्थ्य क्षेत्रको महासंकल्प भएको बताएका छन् ।बिहीबार काठमाडौंमा कुष्ठरोग सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले सरकार सिंगो नेपाललाई नै निरोगी नेपाल बनाउने संकल्पसहित अघि बढिरहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले नेपालमा कोही पनि रोगी हुँदै नहोस्, बिरामी नहोस् भन्नका लागि रोग लाग्ने परिस्थिति र अवस्था आउनै नदिने अवस्था बनाउन जरुरी रहेको बताएका छन् । उनले रोग लाग्नै नदिनको लागि सन्तुलित खानपिन पनि एउटा महत्वपूर्ण विषय रहेको बताउँदै रोग र उपचार प्रकृतिमै निहित रहेको भन्दै कुन कुराबाट के रोग लाग्छ र केबाट निको हुन्छ भन्ने कुराको खोजि गर्न जरुरी रहेको बताएका छन् ।

ओलीले आयुर्वेदिक उपचार धेरै राम्रो हुने भएपनि पछिल्लो समय कम हुँदै गएको भन्दै गुनासो गरेका छन् । उनले आयुर्वेदिक औषधि विज्ञानको प्रक्रियालाई विकास गर्दै अघि बढ्न जरुरी रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले कुष्ठरोगलाई नलुकाई समयमै उपचार गर्न आग्रह गरेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका