जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • बस र कार ठोक्किँदा चार जना घाइते

बस र कार ठोक्किँदा चार जना घाइते

नवलपुर : कालीगण्डकी करिडोरअन्तर्गत नवलपुरको बौदीकाली गाउँपालिका–३ खैरेनीमा कार र बस एक आपसमा ठोक्किँदा चार जना घाइते भएका छन्।

बौदीकाली गाउँपालिका ३ खैरेनीस्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत पाल्पा रामपुरबाट डेढँगाउतर्फ आउँदै गरेको ग २ च ९५४६ नम्बरको कार र गैँडाकोटबाट पाल्पातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०४३८ नम्बरको बस एक आपसमा ठोक्किँएका हुन्।

दुर्घटनामा परी कार चालक तनँहुको भिमाद नगरपालिका–६ का २३ वर्षीय विवेक शाह, कारमा सवार ६८ वर्षीय पदमराज जोशी, ५८ वर्षीय जंग बहादुर राना र तनहुँको ब्यास नगरपालिका–५ का ४९ वर्षीय केशव रुचाल घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए।

घाइतेहरुको रामपुर अस्पताल पाल्पामा उपचार भइरहेको छ। बस र बसका चालक पाल्पा रम्बा गाउँपालिका–१ का ३७ वर्षीय संजय प्रसाईलाई प्रहरीले  नियन्त्रणमा लिएको जनाएको छ।