जोडिनुहोस
  • होमपेज
  • कांग्रेस-एमाले सहमति अनुसार नै सरकार अघि बढ्छ: गृहमन्त्री लेखक

कांग्रेस-एमाले सहमति अनुसार नै सरकार अघि बढ्छ: गृहमन्त्री लेखक

ललितपुर। गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको सहमति अनुसार नै अघि बढ्ने स्पष्ट पारेका छन्।

बिहीबार ललितपुरमा राष्ट्रिय मानव अधिकार आयोग र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालको संयुक्त आयोजनामा भएको एक कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले सरकार परिवर्तन हुने हल्ला निराधार रहेको दाबी गरे।

उनले आफू मन्त्री भएको १० महिना मात्र भएको र यो समय धेरै नभएको बताए। विगतमा १० महिनामा सरकार परिवर्तन हुने गरेको भए पनि अहिलेको सरकार स्थिर रहने उनको भनाइ थियो। “म मन्त्री बनेको १० महिना भइसक्यो। फेरि १० महिना धेरै पनि होइन। धेरै यसकारण होइन कि पहिला पहिला १०-१० महिनामा सरकार फेरिन्थ्यो, त्यसो भएको हुनाले पूरै एक सरकारको कार्यकाल जस्तो लाग्थ्यो। यसपालि दशैं महिनामा फेरिँदैन। यस्ता १० महिना हामी तीन, चार वटा अरु व्यहोर्छौं। त्यसो भएको हुनाले १० महिना धेरै भएन,” गृहमन्त्री लेखकले भने।

गृहमन्त्री लेखकले संक्रमणकालीन न्यायका सम्बन्धमा कानूनलाई पूर्णता दिइएको जानकारी दिए। कानूनको अपूर्णताका कारण विगतमा कामहरु अवरुद्ध भएको उल्लेख गर्दै उनले पछिल्लो ९ महिनामा कानूनलाई पूर्णता दिने काम भएको बताए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका