जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • २ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • २ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशन आजबाट

अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशन आजबाट

काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौँमा हुदैछ ।

जेठ २८ गतेसम्म हुने राष्ट्रिय महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्। अपराहन्न १ बजे त्रिवि स्मृति भवनमा महाधिवेशनको उद्घाटन गर्ने कार्यसूची रहेको छ ।

महाधिवेशनमा करिब १५ सय प्रतिनिधि सहभागी हुने बताइएको छ ।  यस महाधिवेशनले अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव चार सचिवसहित १५१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

अनेरास्ववियुमा ३२ वर्षे उमेरहद लागेको छ । गत जेठ ११ गते बसेको एमाले सचिवालय बैठकले अनेरास्ववियुका कमिटीहरूमा ३२ वर्षे उमेरहद लगाउने निर्णय गरेको थियो ।

उमेर हदका कारण वर्तमान १७ सदस्यीय पदाधिकारीमध्ये अधिकांश बिदा हुने भएका छन् । पाँच जना सचिवहरू प्रकाश पौडेल, दीपक धामी, डा. सुजन कडरिया, अञ्जना शिवाकोटी र आरती भण्डारी मात्रै ३२ वर्षमुनिका रहेका छन् । उनीहरु सबैको अध्यक्षमा दाबेदारी रहेको छ ।