
काठमाडौं । जेनजीको आन्दोलन नियन्त्रण गर्ने क्रममा प्रहरीले प्रयोग गरेको रबर बुलेट लागेर दुई फोटो पत्रकार घाइते भएका छन्। नयाँ पत्रिकाका दिपेन्द्र ढुंगाना र कान्तिपुर टिभीका श्याम श्रेष्ठ घाइते भएका र तत्काल अस्पतालमा भर्ना गरिएको छ।
स्रोतका अनुसार रबर बुलेटको छर्राले केही आन्दोलनकारीहरू पनि घाइते भएका छन्। पत्रकार संघले घटनाप्रति ध्यानाकर्षण गर्दै सुरक्षित कभर सुनिश्चित गर्न आग्रह गरेको छ।




































