जोडिनुहोस
  • होमपेज
  • भारत र पाकिस्तानमा रहेका नेपालीको ख्याल गर्न सभामुख घिमिरेको रुलिङ

भारत र पाकिस्तानमा रहेका नेपालीको ख्याल गर्न सभामुख घिमिरेको रुलिङ

सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानमा रहेका नेपालीबारे ख्याल गर्न सरकारलाई रुलिङ गरेका छन् । शुक्रबार बसेको बैठकमा सांसदहरूले आकस्मिक समयमा सुरक्षा र कूटनीतिक चासोको विषयमा सरकारको ध्यानाकर्षण गराएपछि सभामुख घिमिरेले पनि सरकारको ध्यानाकर्षणछ गराएक छन् ।

उनले भने ‘भारत र पाकिस्तानबीच सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बस्ने सम्पूर्ण नेपालीको सुरक्षालगायत पर्न सक्ने सम्भावित समस्याप्रति आवश्यक व्यवस्थापन गर्नरगराउन सरकारको ध्यानाकर्षण गराउँछु ।’

गएको वैशाख ९ मा जम्मू कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीच अहिले आक्रमणका शृङ्खला भइरहेका छन् । आतङ्कवादी आक्रमणबाट एक नेपालीसहित २६ जनाको ज्यान गएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका