जोडिनुहोस
  • होमपेज
  • नागढुङ्गा-नौबिसे सडक खण्ड आजदेखि थप पाँच दिन बन्द

नागढुङ्गा-नौबिसे सडक खण्ड आजदेखि थप पाँच दिन बन्द

काठमाण्डु – नागढुङ्गा–नौबिसे सडक खण्ड सोमबारदेखि थप पाँच दिन दिउँसोको समयमा बन्द हुने भएको छ । यसअघि जेठ १० गतेदेखि आइतबारसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द हुँदै आएकोमा फेरि समय थप भएको हो ।

नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले सूचना निकालेर सोमबारदेखि जेठ ३० गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने जानकारी गराएको हो । सडक मर्मत तथा स्तरोन्नतिको काम भइरहेकोले बन्द गर्नुपरेको आयोजनाले जनाएको छ ।

नागढुङ्गा–नौबिसे सडक खण्ड बन्द हुने अवधिमा साना तथा मझौला गाडीहरूका लागि सीतापाइला–रामकोट–धार्के सडक र सामाखुशी–टोखा–छहरे–त्रिशूली –गल्छी सडक विकल्पका रूपमा प्रयोग गर्न सकिने सूचनामा उल्लेख छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका