जोडिनुहोस
  • होमपेज
  • मुग्लिन पोखरा सडक विस्तार : पश्चिम खण्डमा ५३ प्रतिशत काम सकियो

मुग्लिन पोखरा सडक विस्तार : पश्चिम खण्डमा ५३ प्रतिशत काम सकियो

काठमाडौं : मुग्लिन पोखरा सडक विस्तार अन्तरगत पश्चिम खण्डमा ५३ प्रतिशत काम भएको छ । थपिएको म्याद सकिन ७ महिनामात्रै बाँकी हुँदा अझै ४७ प्रतिशत काम बाँकी छ।

बिजुलीका पोल हटाउन ढिलाई हुँदा काममा समस्या भएको आयोजनाले जनाएको छ।  योजना प्रमुख कृष्णबहादुर कुँवरले यो खण्डमा चार सय २४ विद्युत् पोल हटाउन बाँकी रहेकोले काममा ढिलाइ भएको बताए।

२०७८ जेठ ३ गते सम्झौता भएको यो खण्डको काम गर्ने म्याद आगामी पुस १६ गतेसम्म छ। तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको खण्डमा हालसम्म आधा काम सकिएको मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ।

२४ किलोमिटर खण्डमा दुईतर्फी र १२.८ किमी खण्डमा एकतर्फी कालोपत्र सकिएको जानकारी दिए।  पश्चिम खण्डतर्फ तीन किमी एकतर्फी बाँकी कालोपत्र गर्न बाँकी रहेको र जेठको अन्तिमसम्म एकतर्फी कालोपत्र सक्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । पश्चिम खण्डतर्फ १२ मध्ये दश पुल सम्पन्न भएको छ, भने एक सय कल्भर्टमध्ये ९२ वटा कल्भर्ट निर्माण सकिएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका