जोडिनुहोस
  • होमपेज
  • वाईसीएल कर्णालीको सम्मेलन वैशाख २९ र ३० गते

वाईसीएल कर्णालीको सम्मेलन वैशाख २९ र ३० गते

सुर्खेत– नेकपा माओवादी केन्द्रको भ्रातृ सङ्गठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपाल कर्णाली प्रदेश समितिको सम्मेलन वैशाख २९ र ३० गते हुने भएको छ ।

शनिबार बिहान वाईसीएल नेपालले वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । सम्मलेनको वीरेन्द्रनगरको पिपल चौतारामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्‌घाटन गर्ने कार्यक्रम तय भएको वाईसीएल कर्णाली प्रदेश संयोजक शोभाराम भण्डारीले बताए ।

भण्डारीले सम्मेलनमा कर्णाली प्रदेशका १० वटै जिल्लाका ७१८ वडास्तरबाट १/१ जना प्रतिनिधि र ९९ सदस्यीय सम्मेलन आयोजक समितिसहित कुल ८१७ प्रतिनिधिको उपस्थित रहने उनले बताए । सम्मेलनले वाईसीएल कर्णाली प्रदेश समिति निर्वाचित गर्ने र आगामी नीति तथा कार्यक्रम पारित गर्ने तथा राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रतिनिधि पर्यवेक्षकको छनोट गर्ने संयोजक भण्डारीले जानकारी दिए ।

वाईसीएल नेपाल केन्द्रको तेस्रो सम्मेलन आगामी जेठ १७, १८ र १९ गते हुँदैछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका